|

धनुषा : धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिज घर भएका इन्द्र भगलु महतो एक सातादेखि बेपत्ता छन्। घर परिवार पाल्दै आएका छोरा बेपत्ता भएपछि महतो परिवारमा रुवावासी छ।

भगलुको परिवार चिन्तामा डुबेको एक हप्ता भए पनि छोराको अतोपतो छैन। गत पुस ११ गते सोमबार साँझदेखि नै छोरा हराएपछि परिवार चिन्तामा डुबेको छ।

साविकका गाविस नक्टाझिज वडा नम्बर ४ बस्ने भगलु महतोका १८ वर्षिय छोरा इन्द्र कुमार महतोलाई उनकै आफ्नै केही साथीहरुले बेपता बनाएको पीडित परिवारको आरोप छ।

पीडित परिवारका अनुसार गत ११ गते सोमबार साँझ आफ्नै छिमेक तथा नक्टाझिज वडा नम्बर ६ बस्ने ३० वर्षीय नरेश कुमार यादवले इन्द्रलाई मोबाइलमा फोन गरी स्थानीय विश्वकर्मा चोकमा बोलाएका थिए। काका रघु महतोको घरमा रहेका इन्द्रले नरेशले आफूलाई बोलाएको काका–काकीलाई सुनाएर चोककतिर लागेको परिवारको दावी छ।  त्यसपछि इन्द्र हराएको परिवारको भनाई छ।

परिवारले इन्द्रलाई खोजिदिन ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएको छ। छोराको अवस्था पत्ता लगाइ दिन तथा छानविन गरी घटनाको सत्यतथ्य पता लगाइ दिन आरोपी नरेशविरुद्ध उजूरी दर्ता गराएको इन्द्रका बुवा भगलु महतोले जानकारी दिए।

सहायक प्रहरी निरीक्षक चन्द्र त्रिपाठीले परिवारले आरोप लगाएका नरेश कुमार यादव फरार रहेको बताए।

पीडित परिवारले इन्द्रलाई नरेश र उनका साथीहरुले मोटरसाइकलमा राखेर ढल्केबरतिर लगेको र निर्घात कुटपिटपछि बेपता भएको दावी गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.