|

श्रीलंकाका तीव्र बलर लसिथ मलिंगाले चार बलमा चार विकेट लिंदै नयाँ इतिहास बनाएका छन्। उनीले आफ्नो क्रिकेट करिअरमा दोस्रो पटक यो उपलब्धि शुक्रबार हासिल गरे।

उनले न्युजिल्यानडविरुद्ध चार बलमा चार विकेट लिएसँगै विश्वमा दोस्रो पटक चार बलमा चार विकेट लिने एक्ला खोलडी बने। उनले त्यसअघि २००७ मा विश्वकपका दौरान यो उपलब्धि हासल गरेका थिए।

टि–२० सिरिजको तेस्रो खेलमा श्रीलंकाले पहिलो ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। जवाफमा न्युजिल्यानड १६ ओभरमा ८८ रनमा समेटियो। सामान्य लक्ष्यलाई कसिलो बलिङ गर्दे श्रीलंकाले ३७ रनको जित किाल्न सफल भयो।  मलिंगाले ६ रन दिएर ५ विकेट लिए। यो उनको टी–२० कै उत्कृष्ट प्रदर्शन हो। उनको यो टि–२० अन्तराष्ट्रिय करिअरमा एक सयौं विकेट समेत हो।

मलिंगाको यो टि–२० मा यो दोस्रो ह्याट्रिक समेत हो। कुनै पनि खेलाडीले अहिलेसम्म यो उपलब्धि हासिल गर्न सकेका छैनन्। मलिंगाको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौ ह्याट्रिक समेत हो। मलिंगाले टेस्टमा १०१ र एकदिवसीय ३३८ विकेट लिएका छन्। यसअघि सर्वाधिक विकेट लिने रेकर्ड वसिम अक्रमको नाममा रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.