विश्व

पाकिस्तान छिमेकीसँगको सम्बन्ध शान्तिपूर्ण बनाउन चाहन्छ : सरिफ

Photo : networthbox.com
पुस २०, २०७३

    पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी उच्चपदस्थ अधिकारीको बैठक गरी छिमेकी तथा रणनीतिक साझेदार राष्ट्रसँगको सम्बन्धबारे समीक्षा गरेका छन्। भारत र पाकिस्तान सम्बन्धमा चिसोपना देखिरहेका बेला मङ्गलबार सरिफले उच्च स्तरिय अधिकारीहरु सहितको बैठकमा अन्तराष्ट्रिय सम्बन्धबारे छलफल गरेको इकोनोमिक टाइम्सले लेखेको छ।

    प्रधानमन्त्री सरिफ र पाकिस्तानले यस क्षेत्रका सबै राष्ट्रसँग शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गरेको र उनीहरुसँग मजबुत र परस्पर लाभकारी सम्बन्ध स्थापना गर्न चाहेको पाकिस्तानी सरकारद्वारा जारी एक वक्तव्यमा उल्लेख छ।

    बैठकमा प्रधानमन्त्री सरिफले भने, “शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक समान र आर्थिक रुपमा एकीकृत क्षेत्र बनाउने हामीहरुको साझा उद्देश्य रहेको र यस उद्देश्यलाई हृदयङ्गम गरी अघि बढ्न पहल गर्नुपर्छ। शान्ति, प्रगति र समृद्धिका लागि यसप्रति प्रतिबद्ध देखाउन सकेमात्र हाम्रो लक्ष्यमा पुग्न सकिने छ।”

    पाकिस्तानी प्रधानमन्त्रीको यो धारणा पाकिस्तानस्थित आतङ्कवादी समूहले उरीस्थित भारतीय सैन्य शिविरमा गत सेप्टेम्बरमा आक्रमण गरेपछि सम्बन्धमा हदै चिसोपना देखिएका बेला आएको हो।

    सरिफले चीन–पाकिस्तान आर्थिक मार्ग क्षेत्रीय सम्बन्ध र पारस्परिक समृद्धिका लागि पाकिस्तानको चाहनामा बनेको आधारशीला भएको अवधारणा भएको बताएका थिए।

    बैठकले अन्तर्राष्ट्रिय सम्बन्धमा देखिने चुनौतीका बीच मुलुकका विभिन्न नीतिगत विकल्पको मूल्याङ्कन पनि गरेको बताइएको छ। बैठक क्षेत्रीय, बाह्य तथा आन्तरिक सुरक्षा अवस्था विषयमा केन्द्रित भएको पनि विज्ञप्तिमा जनाइएको छ।

    पाकिस्तानी अर्थमन्त्री इशाक दार, गृहमन्त्री निसार अलि खान, सैनिक प्रमुख कमार जाबेद वाजवा, आईएएआई प्रमुख लगायत उच्च सुरक्षा अधिकारी उपस्थित बैठकले छिमेकी मुलुकसँगको दुईपक्षीय तथा बहुपक्षीय सम्बन्ध र क्षेत्रीय स्थायित्वका लागि आगामी योजना र पारस्परिक हितका लागि सम्बन्ध सुधारलगायतका विषयमा समीक्षा गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]