|

पर्वत : क्यान्सरको उपचार गराइरहेका पर्वतको कुस्मा नगरपालिकाका–३१ वर्षीय मीनहादुर परियार (खड्का)लाई पत्रकारको पहलमा करिब १२ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। 

परियारको काठमाडौंको ग्राण्डी अस्पतालपछि भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदा झन्डै ५५ लाख रुपैयाँभन्दा बढी खर्च भइसेकेको परिवारले जनाएको छ। पत्रकार रामकृष्ण लामिछानेको पहलमा सुरु गरिएको आर्थिक संकलन अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपाली तथा गैरनेपालीहरूबाट संलन भएको ११ लाख ७४ हजार रुपैयाँ परियारको परिवारल प्रदान गरिएको छ। रकमको चेक नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेतृ राधाकुमारी कुँवर क्षेत्री, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र पत्रकार लामिछानेले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।

आर्थिक अवस्था कमजोर रहेको र खड्काको उपचारमा ठूलो रकम खर्च भएपछि उनको उपचारमा नै समस्या उत्पन्न भएको खड्काकी श्रीमती हिना परियारले बताइन्। एउटै किमो चढाउँदा नेपाली आठ लाख रुपैयाँसम्म खर्च हुने गरेको र अझै पनि लामो उपचार आवश्यक रहेको उनले जानकारी दिइन्। ‘सुरु सुरुमा नेपाली ४० हजार रुपैयाँ जतिको किमो चढाइएको थियो, पछिल्लो पटक त एउटैको मूल्य नेपाली आठ लाख रुपैयाँसम्म परेको छ,’ उनले भनिन्, ‘घरको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको बेलामा पत्रकार लामिछानेले गर्नुभएको पहलले ठूलो राहत मिलेको छ।’ 

मंगलवार नै परियारको परिवारलाई साउदी अरेबियामा कार्यरत रामबहादुर खवासको नेतृत्वमा संकलन गरिएको ८५ हजार ६०५ रुपैयाँ पनि हस्तान्तरण गरिएको छ। कुस्मा नगरपालिका–२ खुर्कोट घर भई साउदीमा रहेका खवासले अन्य नेपालीहरूसँग सहयोग संलन गरेर पठाएका हुन्। उक्त रकम श्रीमती गीता खवासमार्पmत मीनबहादुरको परिवारलाई प्रदान गरिएको हो। खड्काको उपचारमा सघाउन हालसम्म झन्डै १८ लाख रुपैयाँ सहयोग संकलन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.