बाह्रविसे बजार र खोला किनारका बस्ती उच्च जोखिममा

|
फाइल फोटो

संखुवासभा : जिल्लाको सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ। बुधबार दिउँसो वर्षासँगै आएको  पहिरोले सभाखोला थुनिएपछि बाह्रविसे बजार लगायतका बस्ती उच्च जोखिममा परेको हो।

दिउँसो ३ बजे तिर झरेको पहिरोले सभापोखरी गाउँपालिका कार्यालय रहेको बजार भन्दा तिन किलोमिटर माथि ४ र ६ वडाको बिचमा रहेको फाक्सीबुकमा ताल बनेको छ। करिव सात सय मिटर माथि खेवउरिङ गाउँबाट झरेको पहिरोले सभाखोला थुनिएर ठूलो ताल बनेको वडा नम्बर ६ का वडाध्यक्ष विकास पौडेलले जानकारी दिए।

जोखिममा परेको बजार क्षेत्र

पहिरोले ताल बनाएका कारण गाउँपालिका केन्द्र रहेको बाह्रविसे बजार र खोला किनारका बस्ती उच्च जोखिममा परेको उनले बताए। त्यस क्षेत्रमा लगातार पानी  परिरहेको छ।  पहिरोले सभाखोला थुनिए पछि तिन सय मिटर लामो ताल बनेको छ।

वडाध्यक्ष पौडेलका अनुसार त्यस क्षेत्रमा पानी परिरहेको कारण ताल कुनै पनि बेला फुट्ने सक्ने अवस्था रहेको बताए। बाह्रविसे बजार र खोला किनारमा रहेका १ सय घर जोखिमा पर्न उनको भनाइ छ। घटना स्थल सदरमुकाम खाँदबारी बाट एक दिनको पैदलमा पर्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.