सुरुङको जिम्मेवारी निजी क्षेत्रलाई दिए पनि काम भएन
सुरुङको जिम्मेवारी निजी क्षेत्रलाई दिए पनि काम भएन
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वाधारमा सरकारले लगानी बढाउन आवश्यक रहेको औंल्याएका छन्। नेपाल उद्योग परिसंघको आयोजनामा बुधबारबाट काठमाडौंमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा उनले पूर्वधार क्षेत्रको लरकारको लगानी बढाउने पर्ने आवश्यकता औँल्याएका हुन्।
पूर्वप्रधानमन्त्री भट्टराईले नेपालको निजी क्षेत्र अझै पनि पूर्वधारमा लगानी गर्न सक्षम नरहेको प्रतिक्रिया दिए। सुरुङमार्ग बनाउनको लागि निजी क्षेत्रलाई जिम्मेवारी दिए पनि काम नगरेको भन्दै अनले पूर्वधार क्षेत्रमा निजी क्षेत्र असक्षम देखिएको औँल्याएका हुन्। ‘सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिइएको हो, तर त्यो बन्न सकेन, यसले हाम्रो निजी क्षेत्र पूर्वाधार परियोजनामा लगानी गर्नसक्ने अवस्थामा नपुगेको देखिन्छ’ भट्टराईले भने।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने भन्दै उनले द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। तराइमा निर्माणाधीन हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण गर्ने र कोशी, गण्डकी र कर्णाली नदी किनारमा उत्तर दक्षिण राजमार्ग निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले लगानीको वातावरण बनाउन सरकार केन्द्रित भएको दाबी गरे। उनले सरकारले श्रम ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायतका ऐन तय गरी कानुनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको दाबी गरे।
भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्तासँग पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको कँडेलको भनाइ छ।
कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक वुचङ उमले समुदायमा आधारित पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए। यसो गर्दा दीगो विकास लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न सहयोग पुग्ने उनको भनाइ थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।