|

संखुवासभा : पहिरोले थुनिएको ताल फुट्ने डरले बाह्रबिसे बजारका स्थानीय त्रसित भएका छन्।

बुधबार सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ। दिउँसो वर्षासँगै आएको पहिरोले सभाखोला थुनिएपछि बाह्रबिसे बजारका स्थानीय ताल फुट्ने डरले त्रसित भएको वडा नम्बर ६ का वडाध्यक्ष विकास पौडेलले जानकारी दिए।

बुधबार दिउँसो ३ बजे तिर झरेको पहिरोले बजारभन्दा तीन किलोमिटर माथि ४ र ६ वडाको बीचमा रहेको फाक्सीबुङमा ताल बनेको उनले बताए। 'पहिरोले सभाखोला थुनिएपछि फाक्सीबुङमा ताल बनेको छ' उनले भने 'त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण थुनिएर ठूलो ताल बनेको र ताल फुट्ने डरले बाह्रविसे बजारका स्थानीय त्रसित छन्।

ताल फुट्यो भने गाउँपालिका केन्द्र रहेको बाह्रबिसे बजार र खोला किनारका बस्ती बगाउन खतरा रहेको छ। बाह्रबिसे बजार र खोला किनारमा रहेका ५० घर बढी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.