|

धनगढी : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूर पश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहको एकीकरण टुंगो लगाएको छ। भाद्र २५ र २६ गते बसेको नेकपाको सुदूर पश्चिम कमिटीको बैठकले नगर, गाउँपालिका र वडाको नेतृत्व, पदाधिकारी र सदस्यहरूको टुंगो लगाएको हो।

प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले सबै तह र वडा कमिटी चयन गरेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

वडा तह तह नेतृत्व, पदाधिकारी र सदस्यहरू सर्वसम्मत रूपमा चयन गरिएको सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका स्थायी कमिटी सदस्य भीम रावलले बताए।

‘हामीले सौर्वादपूर्ण र सर्वसम्मत कमिटी तयार गरेका छौँ’ उनले भने, ‘वडा तह सम्मको कमिटी तत्कालीन कार्यदलको सिफारिसमा र प्रदेशबाट निर्धा्रित मापदण्डमा तयार पारेर टुङ्गो लगाएका हौँ।’ नवगठित कमिटीका सदस्यहरूको शपथ ग्रहण असोज १५ गते हुने उनले बताए।

जिल्ला र मातहतका कमिटीहरूको कार्यालयमा रहने व्यक्तिहरू, ती व्यक्ति चयन गर्न आवश्यक पर्ने मापदण्डसमेत तयार गरिसकेको रावलले बताए। पार्टीको हित विपरीत नेता कार्याकर्ताहरुलाई जथाभाबी टिप्पणी नगर्न उनले आग्रह गरेका थिए।

जथाभावी लेखे कारबाही

भाद्र २५ र २६ गते नेकपाको प्रदेश पार्टी कार्यालयमा बसेको बैठकले पनि जथाभाबी टिप्पणी गरे कारबाही गर्ने चेतावनी दिएको छ। बैठक पछि जारी गरिएको विज्ञप्तिमा पार्टीको विधि प्रक्रिया, तथा एक अर्का विरुद्ध सामाजिक सञ्जालमा नलेख्न निर्देशन जारी गरिएको छ।

 विज्ञप्तिमा भनिएको छ ‘पार्टीको विधि, प्रक्रिया, अनुशासनलाई पार्टी पंक्तिले पालना गर्ने र पार्टी नेता कार्यकर्ता, सदस्यहरूले एक अर्काका विरुद्धमा सामाजिक सञ्जालमा र सार्वजनिक रूपमा अमर्या्दित, अस्वस्थ, र तथ्यहीन टीकाटिप्पणी नगर्ने, साबिक पार्टीको नाममा वा अन्य कुनै किसिमको पार्टीका विधि सम्बद्ध कमिटीहरूको निर्णय र सहमति भन्दा छुट्टै कुनै समूहगत भेला वा बैठक कसैले पनि नगर्ने। यस्ता विषय गरेमा कारबाहीको विषय हुनसक्ने छ।’

विज्ञप्ति पार्टीका नेता कार्यकर्ताहरूलाई साम्प्रदायिक द्वन्द्व फैलाउने र जनताको एकतालाई एकतालाई विखण्डन गर्ने कुनै पनि क्रियाकलापमा कुनै सदस्य संलग्न नहुन निर्देशन जारी गरिएको छ। त्यस्तै आगामी कार्तिक १ गते देखी३ गते सम्म स्थानीय तहका जनप्रतिनिधिहरूका लागि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख छ।

स्थानीय तह सम्मको नेतृत्वको टुङ्गो लगाउन दुई दिन सम्म बसेको बैठकमा प्रदेश इन्चार्ज रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा, सहइञ्चार्ज र सचिवको पनि उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.