|

पाल्पा : सिद्धार्थ राजमार्गअन्तगर्त सिद्धबाबामा पहिरोले दुईवटा गाडी पुरिँदा एक जनाको मृत्यु भएको छन्। चार जना घाइते भएका छन् । 

पाल्पा तानसेन–बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबामा पहिरोले दुई वटा जिप पुरेको छ। बुटवलदेखि गुल्मीको पूर्तिघाट जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ५९३८ नम्बरको जिप पुरिएका हुन्। 

दुर्घटनामा जिप चालक गुल्मी कालीगण्डकी गाउँपालिका–७ छापचौरका २६ वर्षीय कमल परियारको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार चारजना घाइते भएका छन्। घाइतेमध्ये बुटवल उपमहानगरपालिका नयाँगाउँका २० वर्षीय नगेन्द्र हमालको अवस्था गम्भीर रहेको छ।

अन्य घाइमा नयाँगाउँकै मिलन शाह, गुल्मीको पूर्तिघाटका २२ वर्षीय प्रेम सुनार, रुपन्देहीको तिलोत्तमा–२ का ३१ वर्षीय ललित मल्ल रहेका छन्। घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.