|

बैतडी : नेपाल भारत सीमानाका बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागी सरकारलाई दबाब दिन पूर्ववाणिज्य राज्यमन्त्री नरबहादुर चन्द अनशन बसेका छ। बैतडीस्थित जिल्ला प्रसासन कार्यालयअगाडि भदौ २२ गतेदेखि जारी अनशनको छैठौं दिन शुक्रवार पूर्ववाणिज्य राज्यमन्त्री चन्द पनि अनशन बसेका हुन्।

दुई दशकदेखि पुल निर्माणका लागि विभिन्न माध्यमबाट दबाब दिए पनि कुनै सुनुवाई नभएपछि झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिको अगुवाइमा रिले अनसन जारी रहेको छ। 

'झुलाघाटमा पुल नहुँदा सुदूरपश्चिका पहाडी जिल्लाहरुको आर्थिक विकासमा बाधा पुगेकोले पुल बन्नुपर्छ' उनले भने, 'कांग्रेस सरकारमा भएको बेला झुलाघाटमा पुल बन्ने भनेर भारतसँग नीतिगत सहमती भएकोले उक्त सहमती कार्यान्वयन हुनुपर्छ।'

यस्तै, नेपाली कांग्रेसको दोश्रो चरणको जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर बैतडी पुष्प शाहको पनि अनशनमा उपस्थिति रहेको थियो।

छ दिनदेखि जारी अनशनमा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, विभिन्न गैरसरकारी संस्था, नेपाल पत्रकार महासंघ, रेडक्रस, राजनैतिक दल लगायतको समर्थन जनाएका छन्।

झुलाघाटमा पक्की पुल बनाउनका लागि सबै दलका शीर्षस्थ नेताहरुले आश्वासन दिए पनि अहिलेसम्म पूरा नभएकाले आफूहरु आन्दोलनमा उत्रेको पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले जानकारी दिए।

झुलाघाट नाकामा पक्की पुल नहुँदा सुदूरपश्चिमको समग्र आर्थिक क्षेत्रको विकासमा बाधा पुगेकाले सरकारलाई दबाब दिनका लागि रिले अनशन शुरु गरिएको हो। झुलाघाटमा पक्की पुल नहुँदा यो क्षेत्रको धार्मिक पर्यटनमा समेत व्यापक असर परेको र  यहाँ उत्पादित वस्तुहरू निर्यात गर्न नसकिएको संघर्ष समितिले जनाएको छ।

झुलाघाट नाका पुरानो नाका भएकाले यो नाकाको सुधार भएमात्रै यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। विस २०५९ सालमा दश हजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूताबासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको  बताइएको छ। यसका साथै मोटरेवल पुल निर्माणको लागि  विस २०७५  फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.