|

काठमाडौं : नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा सांसदसमेत रहेका जीवनराम श्रेष्ठ विजयी भएका छन्।

शनिबार भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले कूल २७ मतमध्ये १७ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए।

श्रेष्ठ चार वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा निर्वाचन भएको हो। अन्य पदाधिकारीको मतगणना जारी छ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीको स्वायत्ततालाई प्रभावकारीरुपमा अगाडि बढाउने, नेपालमा आसन्न साउथ एशियन खेललाई सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त जनाएका छन्।

श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.