|
फोटो : परशुराम नगरपालिका-४ कटानमा गरिएको कांग्रेस राष्ट्रिय जागरण अभियान।

डडेल्धुरा : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिले दोस्रो चरणको जागरण अभियानमा छ। जननेता एवं कांग्रेस संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारी मंगलबारदेखि देशै भर हिमाल पहाड तराई राष्ट्रिय जागरण अभियान दोस्रो चरणका कार्यक्रम थालेको कांग्रेसले विभिन्न स्थानीय तहमा वर्तमान सरकारका कमी कमजोरी औँल्याउँदै कार्यकर्तालाई सचेत गराउँदै छ।

सरकार कामकार्वाहीलाई मुख्य एजेण्डा बनाइ कार्यकर्ता माझ जाने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय भए पनि अभियानमा कांग्रेसमा हाभी देखिएको गुटगतको राजनीतिको अन्त्य गरी सरकारका कामकार्वाहीविरुद्ध संयुक्त आवाज शसक्त रूफमा उठाने गरी अभियान सञ्चालन गर्नुपर्ने कांग्रेस नेता कार्यकर्ताको सुझाव छ।

कांग्रेस कार्यकर्ताले नेतालाई पहिले एकता गर्न सुझाव दिएका छन्। पार्टी नेतृत्वलाई एक भएर अगाडि बढ्न कांग्रेस कार्यकर्ताको सुझाव छ। नेपाली कांग्रेसले संचालन गरेको जनजागरण अभियानअन्तर्गत जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका–४ कटालमा आयोजित कार्यक्रमका सहभागि कार्यकर्ताले पहिले कांग्रेस एक ढिक्का भइ काण्डैकाण्डको भुमरीमा फसेको भ्रष्ट सरकारविरुद्ध शसक्त आवाज उठाने गरी मतदातालाई सचेत गराउनु पर्ने सुझाव दिए।

समयमै सचेत रहन आग्रह

कांग्रेस अझै पनि नेपाली जनताको रोजाइमा रहेको पार्टी भए पनि केन्द्रदेखि वडा स्तरमा गुटगत राजनीति हावी भएको प्रति कांग्रेस नेता कार्यकर्ताले चिन्ता व्यक्त गरे। गुट उपगुटको राजनीति अन्त्य नगरे आगामी दिनमा ग्रामिण क्षेत्रमा कांग्रेसलाई खोज्नु पर्ने हुन सक्ने भएकाले समयमै सचेत रहन नेतालाई कार्यक्रममा सहभागि कार्यकर्ताले सुझाव दिएका हुन्।

पार्टी रहे नेता, कार्यकर्ता रहने भएकाले तत्काल गुट उपगुटको अन्त्य गर्न सुझाव दिँदै जागरण अभियान कार्यक्रमका सहभागीले अहिले ग्रामीण क्षेत्रका कार्यकर्तामा निराशा छाउँदै गएको बताएका थिए।

कांग्रेस एकजुट हुनु पर्नेमा जोड

जनजागरण अभियानलाई सम्बोधन गर्दै  सुदूरपश्चिम प्रदेश डडेल्धुरा क्षेत्र ‘क’ अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि अन्तराम भट्टले वर्तमान नेकपा केपी ओली नेतृत्वको सरकार काण्डै काण्डमा मुछिएको आरोप लगाए।

वाइडवडीकाण्ड, सुनकाण्ड, निर्मला हत्याकाण्ड, गौहत्याकाण्ड, बालुवाटार जमिन किनबेचकाण्ड, करैकर वृद्धि काण्डमा मुछिएको सरकारले जनताको चाहनाअनुसारको काम गर्न नसकेको बताउँदै  सरकारको भण्डाफोर गर्नका लागि नेपाली कांग्रेस एक जुट हुनु पर्नेमा भट्टले जोड दिए।

दुई तिहाइको सरकारले जनभावना विपरीतका साथै राष्ट्रहित विपरीत काम गरेकाले अर्को निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने भएकाले जनभावना अनुसार काम गर्नुपर्ने भट्टले सबैलाई आग्रह गरे। जागरण अभियान कार्यक्रममा कांग्रेस जिल्ला कार्य समिति सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य सांसद कर्णबहादुर मल्लले अहिलेको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेकाले त्यो रोक्नका लागि वडास्तरका कार्यकर्तालाई निर्देशन दिए।

देशमा अहिलेसम्म भएका सम्पूर्ण विकास नेपाली कांग्रेसले गरेको बताउँदै प्रदेशसभा सदस्या मल्लले अहिलेको संघीय सरकार केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेश नेकपा नेतृत्व त्रिलोचन भट्ट सरकार निकम्मा भइसकेको आरोप लगाए।

पार्टीमा भइरहेको गुट गत राजनीति वडा स्तरबाट नभई जिल्लादेखि केन्द्र स्तरका नेताको कमजोरी भएकाले केन्द्रबाट सच्चिएर आफूहरूलाई सोही अनुसारको निर्देशन दिनुपर्नेसमेत उनले बताए।

जनजागरण अभियानमै बोल्दै परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदले कार्यकर्तालाई निराश नहुन आग्रह गरे। आफूले नगरको विकासका लागि सक्दो पहल गरिरहेको बताउँदै नगर प्रमुख साउँदले सुदूरपश्चिम प्रदेश सरकार अहिले आफ्ना कार्यकर्ता पोस्ने काम मात्रै गरिरहेकाले वर्तमान सरकारदेखि जनतामा वितृष्णा फैदलिँदै गएकाले जनताको भावना बुझेर काम गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.