|
फाइल फोटो

काठमाडौं : एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताकामा घरेलु टोली जोर्डन विरुद्ध पहिलो हाफमा नेपाल ५–० गोल अन्तरले पछि परेको छ। सुरुवातबाटै दबाबमा परेको नेपाली टोलीले सुरुवाती १६ मिनेटसम्म जोडर्नलाई बराबरीमा रोके पनि त्यसपछि गोल खान पुगेको थियो।

जोर्डनका अहमद अव्दल्लाले सुरुवाती अग्रता दिलाए। पहिलो गोल व्यर्होरेको ३ मिनेट नबित्दै अलि अहमद हजावीले अग्रता दोव्वर बनाए। नेपाली गोलरक्षकले पुस गरेर बलले जाली चुम्यो।

अग्रता दोव्वर बनेको १ मिनेट नवित्दै नेपाली पोष्टमा तेश्रो गोल लाग्यो। अव्दल कदर अलिमले टिमका लागी तेश्रो गोल गरे। ४२ औँ मिनेटमा मोहम्मद खलिदले गोल गरेपछि अग्रता ४–० पुग्यो। खेलको ४४ औँ मिनेटमा अव्दलले व्यक्तिगत दोश्रो गोल गोल गर्दा पहिलो हाफमा नेपाल ५–० ले पछि परेको हो।

हालै भारतमा सम्पन्न साफ यू९१५ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले दुई साताको अन्डरमा दोस्रो प्रतियोगिता खेल्न लागेको हो। तर, भारतमा नेपाली टोलीको कप्तानी गरेका प्रदीप लम्सालसहित असिम राई र इश्वर गुरुङ टिममा छैनन्।

एमआरआईबाट तीनै खेलाडीको उमेर बढी भएको रिपोर्ट आएपछि उनीहरु जोर्डन गएका छैनन्। नेपाली टिमलाई झापाका जान ताम्लि लिम्बुले कप्तानी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.