|

नेपाली राष्ट्रिय टोलीका उत्कृष्ट मिडफिल्डर रोहित चन्दको निर्णायक गोलमा पर्सिजा जकर्ताले इन्डोनेसियन लिग वानमा तेस्रो जित निकालेको छ। आइतबार भएको खेलमा पर्सिजाले पिएसआइएस सेमारङ्लाई २–१ ले पराजित गरेको हो।

साविक चयाम्पियन पर्सिजा यो पटक रेलिगेशन जोनमानै संघर्षरत छ। यद्यपि आइतबारको जितले भने पर्सिजा रेलिगेशन जोन छोडेर १५ औँ स्थानमा उक्लिएको छ। प्रतियोगितामा पर्सिजाले १६ खेल खेल्दा ३ जित, ८ बराबरी र ५ हारसहित १७ अंकमात्र जोडेको छ। शीर्ष स्थानमा रहेको बाली युनाइटेडको ४१ अंक छ। उसले १७ खेल खेलेको छ। यो पटक पर्सिजाको लिग जित्ने सम्भावना निकै कमजोर छ किनकि लिगमा पर्सिजा यो पटक अप्रत्यासित प्रदर्शनबाट गुज्रिरहेको छ। 

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा मार्को सिमिचको गोलबाट पर्सिजाले अग्रता बनाएको थियो। उनले पेनाल्टीबाट गोल गर्दै पहिलो हाफमा टिमलाई १–० को अग्रता दिलाए। १–० ले अग्रता बनाएको पर्सिजाले ५३औँ मिनेटमा रोहितले गोल गर्दै टिमलाइ दुई शून्यले अगाडि राखे।

६३औँ मिनेटमा सेमाराङका सेप्टियन डेविड मौलानाले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। राष्ट्रिय टोलीबाट विश्वकप तथा एसिया कप छनोट खेल्न स्वदेश आएका रोहित इन्डोनेसिया फर्केपछिको यो पहिलो खेल हो। पर्सिजाले यसअघिका दुई खेल रोहितबिना नै खेलेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.