|

काठमाडौं : रेडियो नेपालको केन्द्रीय कार्यलयअगाडि धर्ना बसेका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ। रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकार पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै धर्ना बसेका पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जन्मदेव जैसी, प्रेस युनियनका महासचिव अजयबाबु सिबाकोटी लगायतालई पक्राउ गरिएको हो। 

प्रकाउ पर्नेमा पत्रकारहरू मीन बम, यम बिरही, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, निष्कासन गरिएका डोटीका पत्रकार प्रकाश बम र चक्र कुँवर पनि रहेको युनियनका सचिव खिला कार्कीले जानकारी दिए। 

यसअघि महासंघको नेतृत्वमा पत्रकारहरूले भदौ २४ गते सिंहदरबारभित्र प्रवेश गरेर रेडियो नेपालको स्टुडियो भवन परिसरमा आधा घण्टा धर्ना दिएका थिए। उनीहरुले धर्नापछि रेडियो नेपालबाट निष्‍कासन गरिएका पत्रकारको पुनर्बहाली, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग लेखिएका काला

ब्यानरहरु टाँग्दै पत्रकारहरुले नाराबाजीसमेत गरेका थिए। रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निष्‍कासन गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.