|

जम्मू कश्मीरमा एउटा गोली पनि नचलेको र कसैको पनि ज्यान हताहत नभएको भारतीय गृहमन्त्री अमित शाहले बताएका छन्। मंगलबार अल इंडिया भारतको कार्यक्रमा कश्मीरको वातावरण सहज रहेको उनले बताए। ' नरेन्द्र मोदीको सरकारले सुरक्षाको विषयमा कुनै पनि सम्झौता गर्ने छैन,' उनले भने,' नागरिकको सुरक्षा पहिलो प्राथमिकतामा रहेको छ।' 

भारतको सुरक्षाको लागि कुनै पनि सम्झौता नगरिने शाहको भनाइ छ।' हाम्रो क्षेत्रमा असह्य काम भएको हामीले हेरेर बस्दैनौँ,' उनले भने,' आफ्नो सैनिकको मिहिनेत खेर जान दिदैनौं।' 

विश्वमै भारतलाई हेर्ने दृष्टिकोण बदलिरहेको छ

सर्जिकल स्ट्राइल र बालाकोट एयरस्ट्राइक पछाडि विश्वले भारतलाई हेर्ने दृष्टिकोण परिवर्तन भइरहेको उनको भनाइ छ। 'विश्वमा भारत शक्ति सम्पन्न भएर राष्ट्रको रूपमा उदाइरहेको छ,'उनले भने,' अन्य राष्ट्रले पनि भारतको शक्तिलाई मानिरहेका छन्।

केन्द्र सरकारले पनि अदालतलाई यही भनेको छ
केन्द्र सरकारले सर्वोच्च अदालतलाई पनि अगष्ट ५ पछाडि एउटा पनि गोली चलेको छैन र कसैको पनि ज्यान पनि नगएको बताएको छ। १९९० देखि अगष्ट ५ सम्म युद्धबाट ४१ हजार ८ सय ६६ जना मानिसको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.