|
फोटो : बाँयाबाट नसिरुद्दिन शाह र स्वर्गीय ओम पुरी

ओम पुरीकी श्रीमती  नन्दिता सी पुरीले केही समयअघि श्रीमानको आत्मकथा लेखेकी थिइन्। 'अनलाइक्ली हिरो : ओम पुरी' नाम दिइएको यस पुस्तकमा नसिरुद्दिन शाहले  ओम पुरीका विषयमा  लेखेका छन्। 'इन एप्रिसियशन' नाम शीर्षकमा उनले ओम पुरीसँगको यात्राका विषयमा लेखेका छन्। ओम पुरी र नसिरुद्दिन शाहले नेशनल  स्कुल अफ ड्रामामा  एकसाथ पढेका थिए।  नसिरुद्दिनले आफ्नो विगत कोट्याउँदै लेखेका छन्,' हामी प्रतिस्पर्धी थियौ,'भूमिकाका लागि, युवतीका लागि होइन।' ओम पुरीको निधनपछि भारतीय वेवसाइट फस्टपोस्ट डटकमले 'अनलाइक्ली हिरो : ओम पुरी' मा प्रकाशित भएको नसिरुद्दिनको लेखलाई प्रकाशित गरेको छ। प्रस्तुत छ त्यही लेखको भावानूवाद : 

भर्खरै आफ्नो सिने यात्रा सुरु गर्दा ओम प्रकाश पुरीलाई आफ्नो नामका कारण मानिसहरु झुक्किन्छन् कि भन्‍ने ठूलो चिन्ता थियो। त्यतिबेला हिन्दी सिनेमामा ओम शिवपुरी चलेका व्यक्ति थिए। उनले दर्जनौ नाटक र फिल्ममा दमदार अभिनय गरिसकेका थिए। उनको नामका अगाडि नयाँ ओम पुरीको पहिचान छायाँमा पर्ने डर थियो। त्यसैले नयाँ न्वारन गर्न मैले सुझाव दिए। मैले सुझाव दिएका दुई नाम 'विनम्र कुमार' र 'अन्तिम खन्ना' उनले अस्विकार गरे।

त्यसपछि कडा निर्णय लिनुपर्ने समय आयो। उनको ओम नाम परिवर्तन भयो। आफ्ना दुई सुरुआती चलचित्रमा उनी 'भिलोन पुरी' र 'अज्डक पुरी' को नामले पर्दामा छाए। तर यी नामले उनी चर्चामा आउन सकेनन्। त्यसपछि उनले आफ्नै बाबुआमाले जुराइदिएको नाम राम्रो ठाने।

यो कथा किन जोड्न खोजिएको हो भने ओम पुरी उनी नै हुन् भनेर मानिसलाई ठम्याउन लामै समय लाग्यो। एकपटक उनले म्रिनल सेनको सुटिङ स्टुडियोमा कल गरे। ‘ओम’ ले भेट्न चाहेका छन् भन्ने खबर सुनेपछि म्रिनल सेन निकै खुसी थिए। तर उनको खुसी त्यतिबेला टुट्यो, जतिबेला ‘ओम शिवपुरी’ नभएर ‘ओम पुरी’ ले उनलाई भेट्न चाहेका थिए। भविष्यले कसलाई ‘ओम पुरी’ भनेर संझनेछ भन्ने कुराको टुंगो समयले नै लगाउला। तर मेरो बुझाइमा यसको निष्कर्षमा अहिल्यै पुग्न गाह्रो छैन्?

ओम र म यसकारण उस्तै छौ किनकी हामी दुबै ‘गिफ्टेड परपर्मर’ होइनौं। हामी सजिलै मनोरन्जन दिन सफल भएको हौइनौ। हाम्रा लागि स्थान बनाउन हामीले लामो टे«किङ गर्नुपरेको छ। अभिनयका लागि हामीले सादा मनोरन्जनभन्दा धेरै गरेका छौ।

विद्यार्थीका रुपमा हाम्रो सम्बन्ध १९७० बाट सुरु भयो। त्यसपछि हामी चलचित्रको भूमिकालाई लिएर प्रतिद्वन्द्वीका रुपमा देखियौ। यी सबैका बाबजुद हामी सधैं असल साथी रह्यौ। उनी एक त्यस्ता जीवित व्यक्तित्व हुन् जसले देखाएको बहादुरी र इमानदारीतालाई लिएर ममा जलन पैदा हुन्छ। 

हामी फरक कलाकार रह्यौ। तर अहिले हामीबीच धेरै समानता छन्। उनी हामीमध्ये एक मेहिनती थिए। म आफ्नो क्षमतालाई स्थापित गर्न चाहन्थे। हामीबीच अहिलेसम्म एकअर्काप्रति हार्दिकता छ। म आफ्ना दाजुाभाईभन्दा उनीसँग नजिक छु। 

जब मैले उनलाई 'नेशनल इन्स्टिच्यूट अफ ड्रामा' एनएसडीको अन्तर्वार्तामा पहिलोपटक भेटें, त्यतिबेला हामीले एकअर्काको तारिफ गर्‍यौं, तर हामी एकअर्कालाई देखेर इष्र्या पनि गरिरहेका थियौं।

जब मैले उनले जापानी नाटक 'इबारंगी' मा लिड रोल गरेको देखेँ। यो उनको पहिलो लिड रोल थियो। यतिबेलासम्म ओम लजालु थिए। यस नाटकमा उनी रोमान्टिक युवाको भूमिकामा थिए, जून उनको वास्तविक चरित्रभन्दा निकै फरक थियो। यो नाटकले मलाई उनले स्टेजमा कसरी जादु देखाउन सक्छन् भन्ने विषयमा छर्लङ्ग पार्‍यो। यसपछि उनीप्रतिको मेरो जल मर्‍यो। मैले उनको प्रस्तुतीको सम्मान गर्न थाले। मैले उनीबाट सिक्न थाले।

मैले सन् १९७० देखि नजिकबाट ओमको संघर्ष र उनको सफलतालाई नियालेको छु। उनी समय,पैसा र आकर्षणका मामिलामा दयालु छन्। म जीवित रहेका अन्य थुप्रै व्यक्तिभन्दा उनीसँग प्रभावित छु।

उनी बेलाबेलामा मुम्बई आउनु र सिनेमा खेल्नुको जस मलाई दिन्छन्। मेरो जर्बजस्तीकै कारण सिनेक्षेत्रमा लागेको बताउँछन्। यस कुराले मलाई खुसी तुल्याउँछ। तर के साँचो हो भने उनी पटियालाको स्टेट बैंकमै काम गरिरहेको भए पनि चलचित्रले उनलाई पछ्याउने थियो।

ओम पुरीको कथा संघर्ष गर्ने हरेक कलाकारको कथा हो। सामान्य व्यक्तिले क्षमतालाई गडफादर, मेहिनतलाई बिमा र राम्रो नियतलाई निर्देशिका बनायो भने सफलता हात लाग्छ सक्छ भन्ने उदाहारण हो।

म ओपी पुरी (ओमप्रकाश पुरी ) देखि ओम पुरीसम्मको उनको परिवर्तनमा नजिकको साक्षी छु। सफलताको भोक बोकेर एउटा कोरिडोरमा स्टोभ, थाल र केही किताब बोकेर बस्‍ने व्यक्तिदेखि अन्तर्राष्ट्रिय रंगमन्चमा छाउने व्यक्तिसम्मका रुपमा उनलाई मैले चिन्ने मौका पाएको छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.