|

काठमाडौं:चिनियाँसहितका ह्याकर र चोरहरूले निशाना बनाउने क्रम बढेपछि एटिएम बुथमा सुरक्षा गार्ड अनिवार्य गरिएको छ। नेपाल राष्ट्र बैंकले एटिएम बुथहरूमा सुरक्षा गार्ड २४ घण्टै राख्नुपर्ने नयाँ नियम ल्याएको हो। 

चिनियाँ ह्याकरहरूको समूहले बैंकिङ सिस्टमै हमला गरेर एटिएम  बुथबाट ३ करोड ५० लाख रूपैयाँ  भन्दा धेरै झिकेपछि राष्ट्र बैंकले कडा नियम ल्याएको हो। 

एटिएम बुथमा सुरक्षागार्ड अनिवार्य गरिएपछि बैंकहरूको खर्च बढ्ने भएको छ। खटाइने सुरक्षा गार्डले कुनै व्यक्ति या समूहले  शंकास्पद गतिविधि गरेको देखेमा बैंक प्रशासन र प्रहरीलाई जानकारी गर्नेछन्। 

सबैजसो बैंकले एटिएम बुथमा सिसी क्यामेरा राखेका हुन्छन्। तर तिनीहरूमा यसअघि सुरक्षागार्ड तैनाथ गरिएको हुन्नथियो। राष्ट्र बैंको यो नियमले अब एटिएम बुथमा बैंकहरूले अनिवार्य सुरक्षा गार्ड राख्नै पर्ने हुन्छ।

नेपाल राष्ट्र बैंकका अनुसार देशभरमा ३३०० भन्दा धेरै एटिएम बुथ छन्। यी एटिएम बुथ धेरैजसो बैंकसँगै जोडिएर राखिएको छ। तर केही  ठाउँमा एटिएम लाउन्ज राखिएको छ भने धेरै ठाउँमा बैंक भन्दा अलग्गै पनि एउटा मात्रै एटिएम छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.