|

अमेरिकाको फ्लोरिडास्थित विमानस्थलमा एक युवकले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ। अन्य ८ जना घाइते भएका छन् ।

अलास्काका इस्टेबान सान्टियागो नामका युवकले फोर्ट लौडरडेल विमानस्थलमा अवतरित विमानको सामान लिने ठाउँमा गोली चलाएका हुन्। सुरक्षा जाँच भइसकेको लगेजबाट बन्दुक निकालेर शौचालयमा गोली लोड गरी अन्धाधुन्ध प्रहार गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।

गोली चलाउनुको कारण खुल्न नसके पनि उनमा मानसिक समस्या भएको बताइएको छ। सान्टियागाले अलास्का आर्मी र पोर्टो रिकोको नेशनल गार्डमा भर्ती भई इराकमा समेत काम गरेका थिए। काम सन्तोषजनक नभएको भन्दै गत अगष्टमा बर्खास्तगीमा परेपछि उनालाई मानसिक समस्या भएको सिएनएनले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.