|

काठमाडौं : प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्न सबैलाई आह्वान गरेका छन्।

सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा प्रधानन्यायाधीशले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिएका थिए।

जबराले भने, ‘नेपाल बहुजाति, बहुधार्मिक मुलुक हो, यसको विकास, समृद्धि र न्यायपूर्ण समाजको निर्माणमा पर्वले प्रेरणा गरोस्।’ नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाको परिकल्पना गरेको उल्लेख गर्दै उनले सोअनुरुप सुदृढ न्यायपालिका बनाउन सबैलाई आआफ्नो ठाउँबाट काम गर्न आग्रह गरेका थिए।

सर्वोच्च अदालतले पर्वका अवसरमा प्रत्येक वर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने गरेको छ। सो समारोहका कानून, न्याय तथा संसदीय ममिलामन्त्री भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नि खरेल, सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीशलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.