|

प्यूठान : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रको समृद्धि र जनताको प्रगति भन्दा पनि पार्टी र सत्ता केन्द्रीत राजनीतिका कारण जनतालाई भ्रम फैलाउँदै निरास उत्पन्न गराएको टिप्पणी गरे।

पछिल्लो समयमा जनतामा छाएको निरासा सत्य नभई सत्ताकेन्द्रीत अराजनीतिक तत्वबाट छरिएको भ्रम मात्रै भएको बताए। प्यूठान नगरपालिका ४ विजुवारमा शनिबार शहीद उमेश चन्द्र प्रतिष्ठानको समुदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले अढाई सय बर्ष चलेको एकतन्त्रात्मक शासन प्रणालीलाई गणतान्त्रिक र जनताको शासन प्रद्धतिमा ढाली समृद्ध नेपालको सपना बोकेर संघर्ष गरेका सपुतहरूको सपना पूरा गर्न लागि परेको भएपछि प्रतिपक्षले छरेको भ्रमबाट भ्रममा परी निरासा हुनु भन्दा तथ्यांकमा बिश्लेषण गर्न आग्रह गरे। 

‘करिव ५ कुल ग्राहस्थ उत्पादन दर भएको नेपालमा कम्युनिष्ट सरकारको पालामा ७१ कुल ग्राहस्थ उत्पादन आर्थिक बृद्धि हुन् पुगेको छ’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रतिपक्षले भने कम्युनिष्ट सरकारले केही गरेन भन्नु विकासको मतलव नभई सत्ताको लागि मात्रै गरेको राजनीति जस्तो देखिन्छ।’ 

मुख्यमन्त्री पोखरेलले दुईसय वर्ष पुरानो सामन्ती राज्यतन्त्रलाई फेरि नेपालमा फर्काउने सपना नदेख्न चेतावनी दिए। अढाई सय वर्षसम्म शासन गरेर प्रगति गर्न नसकेपछि जनताले आन्दोलनको बलमा राजसंस्थाको अन्त्य गरेको उनले बताएका हुन्।

नेपाली समाजमा यतिबेला निरासाको खेति फैलाउने कार्य भइरहेको बताउदै  उद्देश्यविहीन बिरोधको राजनीतिले समाजलाई परिवर्तन गर्न नसक्ने औल्याए।  

कम्युनिस्टले सरकारले सरकारले गरेको विकास देख्दा प्रतिपक्ष दल आत्तिएर अनावश्यक विरोध गर्नु आफ्नो आफ्नो पार्टीको अस्तित्व सकिने त्रासले सरकारको विरोध गरेको आरोप लगाए। संघीयताले राज्यको खर्च बढाएको गलत प्रचार गरिएको बताउँदै उनले संघीयताले जनताको खर्च बचाएको बताए। पहिले ससानो कामका लागि सदरमुकाम र राजधानी जानुपर्थ्याे।

मुख्यमन्त्री पोखरेलले भने‘अचेल सबै काम गाउँमा हुन्छ। यसले जनताको समय र खर्च जोगाएको छ।’ शहीद उमेशचन्द्र थापाको स्मृतिमा प्यूठान नगरपालिका ४ गणतन्त्रिक खेल मैदान नजिकै भवन निर्माण गरिएको छ।

भवन निर्माणका लागि नेकपा एमाले केन्द्रीय कार्यालयबाट २ लाख, जिल्ला कार्यालयबाट १ लाख १२ हजार, संविधान सभाका माननीय सदस्य बामदेव गौतम, हिराबहादुर केसी, धनबहादुर रायमाझी, पुनाराम थापा र दुर्गा पौडेलले तत्कालीन समयमा १५ लाख विनियोजन गरी त्यसपछि पनि लगातार दुई पटकसम्म १० र २० लाख गरी ३० लाख प्राप्त गरेसँगै भवन निर्माण कार्यको शुभारम्भ भएको थियो।

त्यसैगरी सांसद दुर्गा पौडेल, कृष्णध्वज खड्का, हरि रिजाल र तारा जिसी स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमबाट ५० लाख विनियोजन गरेका थिए। शहीद प्रतिष्ठान निर्माणका लागि विजुवार निवासी लक्ष्मीप्रकाश राजभण्डारी, राजकुमार कक्षपति र केशव सुनारले जग्गा  र हाम्रो राम्रो डेकोरका सञ्चालक सन्देश आचार्य र राज डेकोर होमका झविन्द्र शर्माले भवनमा आवश्यक फर्निचरका सामग्री सहयोग गरेको प्रतिष्ठानले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.