|

बैतडी : सडक भासिँदा शनिबारदेखि अवरुद्ध रहेको पाटन-पञ्चेश्वर सडक सुचारु भएको छ। आइतबार दिउँसो सडकमातितिर रहेको ग्याविंग पर्खाल भत्काएर सडक निर्माण गरेपछि पुनः सञ्चालनमा आएको हो। 

सडक नै भासिँएर अवरुद्ध रहेको सडक माथितिर डोजरको सहयताले पर्खात भत्काएर सडक बनाएपछि यातायात सुचारु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक बीरभद्र खडायतले जानकारी दिए। सडक सुचारु भएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएका छन्।

सवारी साधन सञ्चालनमा आएसँगै यात्रु पनि आ-आफ्नो गन्तब्यतिर लागेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। केही दिनदेखिको अविरल बर्षाका कारण सडक भासिँदा उक्त सडकखण्डको पाटन नगरपालिका ६ लोर्खामा सडक भासिँएर सडक अवरुद्ध भएको थियो। 

पाटन-पञ्चेश्वर सडक स्तरोन्नतिको काम भइरहेकोले बेला-बेलामा अवरुद्ध हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.