|

पर्सा : वीरगन्ज महानगरपालिका-९ रानीघाटमा रहेको कलश कष्मेटिक उद्योगमा आगलागी भएको छ।

उद्योग संचालकको निवाससमेत एउटै भवनमा रहेको उद्योगमा मध्यान्ह साढे ४ बजेतिर आगलागी सुरु भएको हो। आगोलाई वीरगन्ज महानगरपालिकाका २ वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन्।

'घरको माथिल्लो तलामा खाना खाइरहेको समयमा तल्लो तलामा रहेको उद्योगमा एक्कासी विद्युत् सर्ट भई आगो लाग्न थालेको थाहा पायौँ' उद्योग संचालक ईश्वर साह तुराहाले भने। विगत ३⁄४ वर्षबाट निवाससमेत रहेको घरको भूईतलामा नै नेलपोलिश उत्पादन गर्ने कलश कष्मेटिक उद्योग पनि संचालन गर्दै आएको तुराहाले बताए। 'उद्योग भने भाइको नाममा छ' उनले भने।

विद्युत सर्ट भइ लागेको भनिएको आगलागीको प्रारम्भिक अनुसन्धान पनि भइरहेको आगो नियन्त्रण गर्न घनास्थलमा पुगेका वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्लले बताए। आगलागीबाट कति क्षति भयो भन्ने अहिले निश्चित भइनसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.