|

कालिकोट : जिल्लाको खाडाँचक्र नगरपालिका–५ बिहानी खोलामा मंगलबार बिहान डोजर पल्टिदा सहचालकको मृत्यु भएको छ। 

डोजर पल्टिदा सहचालक रहेका दैलेख ठाँटिकाध घर भएका भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।  

कर्णाली राजमार्ग खुलाउन जादाँ डोजर पल्टिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए। ‘आज बिहान ४ बजे डोजर पल्टिएको हो।’ उनले भने,‘अहिले जिल्ला अस्पताल कालिकोटमा मृतकको पोष्टमार्टम भइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.