|

सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–८ मा चट्याङ जोखिम न्यूनीकरण प्रविधिको जडान गरिएको छ। चट्याङको अत्याधिक जोखिम रहेको सो क्षेत्रमा चट्याङ जोखिम न्यूनीकरण प्रविधि जडान गरिएको हो।

चट्याङबाट जोगिने प्रविधिको जडानपछि इर्खुका करिब २७० घरधुरी जोखिममुक्त भएको प्राविधिक पेम्बा तामाङले बताए। सिन्धुपाल्चोकमा पहिलोपटक जडान गरिएको यस प्रविधिले २१४ मिटर वरिपरिसम्म सुरक्षित रहने उनको भनाइ छ। नेपालमा नयाँ प्रविधि भएकाले जडानको करिब तीन लाख लाग्ने जनाए।

इको, युएनडिपीको सहकार्यमा जनहित ग्रामीण सेवा समितिले सञ्चालन गर्दै आएको विपद् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत नयाँ प्रविधि जडान गरिएको जनहित ग्रामीण सेवा समितिका कार्यक्रम निर्देशक राजेन्द्र शर्माल जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.