|

कपिलवस्तु :  पत्नीको हत्या आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१० सडवाका २२ बर्षीय रामशंकर पासीलाई पक्राउ गरेको छ। पुस २२ गते बिहान पत्नी २२ बर्षीय पुनिता पासीको मृत्यु भएपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

पत्नीलाई पेटको समस्याले मृत्यु भएको भन्दै पासीले शवलाई घरको खाटमा राखी बजारमा कपडा किन्न गएपछि गाउँमा हल्ला फैलिएको थियो। स्थानीयले प्रहरीलाई त्यसबारे खबर गरेपछि तत्काल उनी फरार भएका थिए। मृतकको घाँटीमा चोटको निशान देखिएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए।

घटनापछि पासी फरार भएकाले कर्तव्य गरेर मारेको हुन सक्ने उनको भनाई छ। मृतकका बुवा आन्ही पासीले पनि ज्वाई बिरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले मृतकको शव जिल्ला अस्पताल तौलिहवामा परीक्षणपछि आफन्तलाई बुझाएको छ। घटनाको अनुसन्धान भइरहो प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.