अर्थ

भारतबाट आउने खसी-बोका ५० प्रतिशतले घटे
SHARES

असोज २०, २०७६

    नवलपरासी:  विगतका वर्षहरुको तुलनामा भारतबाट यस वर्ष नेपालमा खसीबोका भित्रिने क्रम निकै घटेको पाइएको छ। नेपाली उत्पादनले राम्रो बजार पाएपछि भारतबाट नेपालमा भित्रिने खसीबोका वार्षिक दरमा यस वर्ष करीब ५० प्रतिशतले कमी आएको हो । 

    पशु सेवा विभागका अनुसार भारतबाट मात्रै वार्षिक रुपमा करीब चारदेखि पाँच लाख खसीबोका नेपाल भित्रिने अघिल्लो वर्षसम्मको तथ्याङ्क छ। तर यस वर्ष सो सङ्ख्यामा ५० प्रतिशतभन्दा बढी कमी आएको छ। यस वर्ष हालसम्म करिब २ लाख ३५ हजार खसीबोका भित्रिएको तथ्याङ्क रहेको विभागले जनाएको छ। जुन यो वर्षभरिको तथ्याङ्क हो। 

    भारतबाट आयात हुने खसीबोकाको  भन्सार दरसमेत वृद्धि हुनु, स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य हुनुलगायत कारणले भारतबाट नेपालमा हुने आयातमा कमी आएको विभागका सूचना अधिकारी डा चन्द्र ढकाल बताए। 

    नेपालमा वार्षिक एक करोड २० लाख खसीबोका र बाख्रा उत्पादन हुने गर्दछ। जसमध्ये करीब ५० प्रतिशतको हाराहारीमा खसीबोका उत्पादन हुने तथ्याङ्क रहेको कार्यालयले जनाएको छ। 

    यसैगरी डोल्पा, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले पनि राम्रो बजार पाएका छन्। सो क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले काठमाडौं, पोखरा लगायत नेपालका विभिन्न बजारमा राम्रो बजार पाएको पशु सेवा विभागले जनाएको छ। 

    स्वदेशी खसीबोका र च्याङ्ग्राले यस वर्ष राम्रो मूल्य पाएपछि किसानसमेत उत्साही भएको पशु सेवा विभागले जनाएको छ।  जसले गर्दा अब खसीबोका उत्पादनमा नेपाली बजारसक्षम बन्न सक्ने विभागका सूचना अधिकारी डा ढकाल बताए।। 

    यस वर्ष दशैंपर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरेर नेपालमा खसीबोका भित्रिने सङ्ख्या पनि निकै कम छ। दशैंपर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरी खसीबोका भित्रिने क्रम अघिल्लो वर्षको तुलनामा यस वर्ष निकै कम रहेको  पशु सेवा विभागले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]