|

चितवन : मोटरसाइकलको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ। इछाकामना गाउँपालिका ६ जलबिरेका ६५ बर्षीय इमाल दिन मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

पैदल हिडिरहेका मियालाई जलबिरेमा मुग्लिनबाट नारायनगढतर्फ जाँदै गरेको ग ७ प १९९६ नम्बरको मोटरसाइकलले साोमबार दिउसो ३ बजे ठक्कर दिएको थियो। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा साँझ ६: ४५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए। 

ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.