|

बुटवल : मोफसलको चर्चित तिलोत्तमा गोल्डकप फागुन १२ गते देखि बुटवलमा सुरु हुने भएको छ। रुपन्देही जिल्ला फुटबल संघले बुटवलमा पत्रकार सम्मेलन गरी तिलोत्तमा गोल्डकपको १९ औं संस्करण फागुन १२ गतेदेखि २१ गतेसम्म आयोजना गर्ने जानकारी गरायो।

जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसीले यस वर्षको प्रतियोगितामा विभागिय टिम सहित करिव १० टिमको सहभागिता रहने बताए। उनले बजेट अभावका कारण प्रत्येक वर्ष गोल्डकप सञ्चालन गर्ने उद्देश्य पुरा हुन नसकेको बताए।  

प्रतियोगिताको विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट ५ जनालाई नगद १५\१५ हजार दिइनेछ। उत्कृष्ट खेलाडीलाई पुरस्कारस्वरुप मोटरसाईकल दिइने अध्यक्ष केसीले बताए। 
बुटवल उपमहानगरपालिका संरक्षक रहेको यस प्रतियोगिताको आयोजनाका लागि अनुमानित ७५ लाख रुपैयाँ खर्च लाग्‍ने एन्फा रुपन्देहीका महासचिव लोक पुनले बताए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.