अर्थ

वायु सेवा निगमले माग्यो २० जना पाइलट
SHARES

फोटो : www.wikihow.com
पुस २६, २०७३

    काठमाडौं : नेपाल वायु सेवा निगमले २० जना पाइलट माग गरेको छ। मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी निगमले खुला तथा समावेशी सिद्धान्त अनुसार ७ जना क्याप्टेन र १३ जना सिनियर को पाइलट माग गरेको हो।

    जस अनुसार क्याप्टेनमा ४ जना खुला, १ महिला,१ आदिवासी जनजाति र १ जना मधेसी माग गरिएको छ। त्यस्तै सिनियर को पाइलटमा ७  जना खुला, २ जना महिला, २ जना आदिवासी जनजाति, १ जना मधेसी र १ जना दलित समुदायबाट माग गरिएको छ।

    क्याप्टेनका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स लिइ कम्तीमा चार वर्ष पाइलट इन कमान्डको हैसियतले उडान गरेको हुनुपर्नेछ। त्यस्तै कम्तीमा १५०० घण्टा पाइलट इन कमान्डको हैसियतले स्टल एयरक्राफ्ट उडान गरेको र कम्तीमा १ हजार घण्टा मल्टी इन्जिन स्टल एयर क्राफ्ट उडान गरेको हुनुपर्नेछ।

    त्यस्तै सिनियर को पाइलटका लागि नागरिक उड्ययन प्राधिकरणबाट कमर्सियल पाइलटको लाइसेन्स लिइ कम्तीमा २ वर्ष काम गरेको र एक हजार घण्टा उडान गरेको हुनुपर्नेछ।

    इच्छुक नेपाली नागरिकले मंगलबारदेखि २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। क्याप्टेनका लागि दरखास्त शुल्क २ हजार र सिनियर को पाइलटका लागि दरखास्त शुल्क १५ सय रुपैयाँ तोकिएको छ। क्याप्टेनका लागि ५५ वर्ष पूरा नभएको र सिनियर को पाइलटका लागि ३५ वर्ष पूरा नभएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।  

    हेर्नुस् सूचना

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]