पक्राउ पर्नेमा विप्लवका दाजुसहित ब्युरो तहका

|

काठमाडौं : प्रहरीले दाङबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। दाङको राजपुर–४ मुंग्रेटा खोलामा राप्ती ब्युरोको बैठक बसिरहेका बेला बिहीबार बिहान १ बजे पुगेको प्रहरीले पक्राउ गरेको हो।

बैठकस्थल नै कब्जा गरेर प्रहरीले नेकपा महासचिव विप्लवका दाजु केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंंग’, राप्ती ब्युरो इन्चार्ज केशवबहादुर बाठा ‘सुवास’ र दाङ इन्चार्ज सबिन पोखरेलसहित २१ जना नेतालाई पक्राउ गरेको हो।

विप्लवनिकट स्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा अधिकांश ब्युरो तहका नेता रहेका छन्। ५ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले पनि चुरेको मध्य जंगलमा बैठक बसिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.