|

चितवन : जापानको योगोसिका सिटी र भरतपुरमहानगरबीच आपसी सहयोग आदनप्रदानसम्बन्धी सम्झौता भएको छ। बिहीबार भरतपुर महानगरपालिका र जापानको योगोसिका सिटीबीच उक्त सम्झौता भएको हो। 

महानगरपालिका प्रमुख रेनु दाहाल र योकोसुका शहरका मेयर कात्सुआकी कमीजीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूले सम्झौता पत्र एक आपसमा आदान प्रदान गरेका थिए। जापानी मेयर कमीजीलले गौतम बुद्धको देशमा आउन पाउँदा अत्यन्तै हर्सित भएको बताए।

आफ्नो महानगर र भरतपुर महानगरपालिका बीचमा भौगोलिक समानता भएको आफूले महसुस गरेको उनले बताए। भरतपुरलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै उनले आगामी दिनमा भगिनी सम्बन्ध कायम गर्ने प्रक्रिया पनि अगाडि बढाउने उल्लेख गरे।

भरतपुर महानगरपालिका प्रमुख दाहालले जापानको योकोसुका सहरका मेयर कात्सुआकी कमीजी तथा महानिर्देशक युनोदान आइसाओ, निर्देशक नाइटो काजिया, सुपरिवेक्षक नाकाजिमा नाओकीलाई स्वागत गरेका थिए। ‘जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध धेरै लामो छ। पछिल्लो समयमा यो थप प्रगाढ हुँदै गइरहेको छ।

मित्र राष्ट्र जापान नेपालको एक असल मित्र हो। मित्रराष्ट्र जापानसँग दौत्य सम्बन्ध भए देखि नै जापानले नेपालको आर्थिक, सामाजिक, पूर्वाधार विकासका साथै सांस्कृतिक सम्बर्द्धनको क्षेत्रमा उल्लेख्य र नेपाली जनताको मन छुने सहयोग गरिरहेको छ’ प्रमुख दाहालले भनिन्, ‘जापान सरकारले पछिल्ला दिनहरूमा दक्ष एवं अर्धदक्ष कामदारहरू लागि उनीहरुलाई सीप बिकास र रोजगारीको अबसर समेत प्रदान गरिरहेको छ।’

हस्ताक्षर कार्यक्रममा चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेल,  प्रदेस सभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याय, महानगरपालिकाका महाशाखा प्रमुखहरू, जापानी प्रतिनिधिमन्डलका सदस्यहरूको सहभागिता रहेको थियो।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.