पाल्पा : पाल्पामा दुईवटा ट्रक ठोक्किँएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
शुक्रबार बेलुकी भएको दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेकका ३९ वर्षीय हिमबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए। गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ९२०२ नम्बरको ट्रक र बुटवलदेखि गुल्मीतर्फ जाँदै गरेको ना ४ ख १७०० नम्बरको ट्रक पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा बेलुकी साढे ५ बजेतिर एकआपसमा ठोकिएका थिए।
दुईवटा ट्रक ठोक्किँदा लु १ ख ९२०२ नम्बरको ट्रक सडकभन्दा करिव ४ सय मिटर तल खसेको उनले बताए।
घाइते हुनेमा गुल्मीको सत्यवती गाउँपालिका ५ का ३५ वर्षीय माधव भण्डारी, सोही ठाउँका ३४ वषीया कष्णकुमारी काउछा, १५ वर्षीया झरना काउछा, चालक गुल्मीकै चन्द्रकोट गाउँपालिकाका ८ का २७ वषीय धनबहादुर राना, सह चालक सोही ठाउँका १९ वर्षीय विकास राना, सत्यवती गाउँपालिका–५ का २१ वर्षीय सन्तोष सिंजापती, ना ४ ख १७०० नम्बरको ट्रकका चालक नवलपरासीको वर्दघाट नगरपालिका–६ का ३५ वर्षीय राजकुमार न्यौपाने रहेको प्रहरी निरीक्षक पौडेलले बताए।
उनका अनुसार घाइतेहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर र केहीको समान्य रहेको छ। यद्यपि सबै खतरामुक्त रहेको उनले बताए। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।