राजनीति

रेशम चौधरीलाई रिहा नगरे आन्दोलन चर्काउने चेतावनी

फाइल तस्विर
कात्तिक ३, २०७६

    काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ।

    महासंघका अध्यक्ष जगत बरामले कैद मुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी, नेपालका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौधरीको विनासर्त तत्काल रिहा नभए सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिए।

    गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन’ले जारी गरेको आदिवासी जनजातिहरूको काठमाडौं घोषणा पत्र आइतबार सार्वजनिक गर्दै उनले विश्वमा रहेका सबै नेपाली आदिवासी जनजातिलाई पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

    अध्यक्ष बरामले सम्मेलनले संविधान संशोधन गरेर आदिवासी जनजातिहरुलाई पनि राज्यका सबै निकाय र तहमा समान प्रतिनिधित्व व्यवस्था गराउन पनि सरकारलाई दवाव दिएको बताए।

    सो घोषणा पत्रमा गोर्खा सैनिकमा भर्ती भएका सैनिकका सन्तानलाई वंशजको आधारमा प्राप्त हुने नेपाली नागरिकतालाई पनि निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ।

    त्यसैगरी, घोषणा पत्रमा आदिवासी जनजाति संघ, संस्थामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै एकजुट भएर अघि बढने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]