|


दमक : झापाको  दमकमा सुविधासम्पन्न बहुउद्देश्यीय कर्भड हल निर्माण हुने भएको छ। स्थानीय सगरमाथा मल्टिमार्शल आर्ट संघ नेपालले करिब ५० लाख रुपैयाँको लागतमा दमक–१५ स्थित शान्तिमार्गमा कर्भड हल निमार्ण गर्न लागेको हो।

२ कठ्ठा क्षेत्रफलमा फैलने यस कर्भड हलको आज कांग्रेस सांसद् महेन्द्रकुमारी सुब्बा र दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले संयुक्त रुपमा शिलान्यास गरे। कर्भड हलले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष राष्ट्रकुमार राईले बताए।

गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष समेत रहेका  राईले आउँदो एक वर्षभित्रमा नै कर्भड हल तयार गर्ने लक्ष्य राखिएको बताए। कर्भड हल निर्माण गर्न सगरमाथा मल्टिमार्शल आर्ट संघ नेपालका अध्यक्ष दिपक धिमालले दुई कठ्ठा जग्गा उपलब्ध गराएका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.