|

धनगढी : ‘प्रथम आमन्त्रित घोडाघोडी कप २०७६’ फुटबल प्रतियोगितामा आयोजक घोडाघोडी क्लब फाइनलमा पुगेको छ। फाइनल प्रवेशको लागि भएको खेलमा निशर्ग हस्पिटल एन्ड स्टार सिटी धनगढीलाई तीन–एकले हराउँदै घोडाघोडी फाइनलमा पुगेको हो। 

निकै प्रतिस्पर्धा रहेको खेलमा पहिले हाफ भन्दा अगाडि घोडाघोडीले एक गोलको अग्रता लिएको थियो। पहिलो हाफमा चेतन कठायतले घोडाघोडी क्लबलाई पहिलो अग्रता दिलाएका थिए। घोडाघोडी क्लबको लागि विदेशी खेलाडी बुपनाले दोस्रो हाफमा अर्काे गोल गरेका हुन्। उनले दोस्रो हाफको केहि मिनेट मै गोल गरेका थिए। विनोद केसीले घोडाघोडी क्लबको लागि तेस्रो गोल गरे। 

खेल सकिनु भन्दा केही समय अगाडि पाएको पेनाल्टी सदुपयोग गर्दै स्टार सिटिले एक गोल फर्काएको थियो। अन्तिम समयमा गोल फर्काए पनि स्टार सिटीले जित हात पार्न सकेन। अब उपाधिको लागि घोडाघोडी क्लब सुखडले ९ गते सहारा क्लब पहलमानपुरसँग प्रतिस्पर्धा गर्ने छ। आइतबार सहाराले स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई सडन डेथमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गराएको थियो। 

घोडाघोडी क्लबको आयोजनामा सुखडको खेल मैदानमा जारी प्रतियोगिताको विजेताले दुई लाख १०१ र उप–विजेताले एक लाख १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोल कर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.