|

सिरहा : सिरहा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट चोरी, कुटपिट र लेनदेन मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार बिहान सादा पोशाकमा खटिएको गस्ती टोलीले सिरहा नगरपालिका २ का कुटपिट मुद्दाका फरार प्रतिवादी ६२ वर्षीय धनिकलाल महरा, ९ का ६२ वर्षीय रामचन्द्र गडेरी र चोरी मुद्दाका फरार प्रतिवादी सिरहा १९ बस्ने २० वर्षीय ज्ञानचन्द्र मुखियालाई पक्राउ गरेको हो। 

त्यस्तै प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी सिरहा ७ बस्ने २६ वर्षीय बालकृष्ण मुखियासहित लेनदेन मुद्दाका फरार प्रतिवादी सिरहा ५ की ६० वर्षीया लखिपतदेवी साहलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

पक्राउ गरिएकाहरुलाई मंगलबार नै सिरहा जिल्ला अदालतमा बुझाएको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी अपिलराज बोहराले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.