समाज : सुरक्षा/अपराध

जनकपुरमा गोली हानी व्यवसायीको  हत्या

कात्तिक ६, २०७६

    जनकपुरधाम :  जनकपुरमा एकजनाको गोली हानी  हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो।
    जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साह जनकपुरस्थित  शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्। साहको शव जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ।

    उनीमाथि पैसा माग्न जाँदा  चौधरीले  गोली हानेको प्रहरीले जनाएको छ। यसैबीच चौधरीलाई प्रहरीले पेस्तोलसहित घरैबाट पक्राउ गरेको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]