|

महोत्तरी : महोत्तरीको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस– १ निवासी वरिष्ठ हबल्दार २२ वर्षीय अमितकुमार सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले बताए।

गएराति ज. २ प. ३४६७ नम्बरको मोटरसाइकलमा जलेश्वरस्थित घर जाँदै गरेको सिंह सिमरदही गाविस– ९ स्थित बहुअर्वा चोकमा दुर्घटनामा परेर घाइते भएका थिए। 

घाइते सिंहको जलेश्वर जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.