|
फाइल फाेटाे

काठमाडौं : अवैध लागूऔषध चरेश बेच्नको लागि हिड्दै गरेको अवस्थामा चार जनालाई प्रहरीले धादिङको सिम्लेबजारबाट पक्राउ गरेको छ। प्रहरीले ४० किलो चरेश र एक लाख ६१ हजार दुई सय भारतीय रुपैयाँ सहित चार जनालाई पक्राउ गरेको हो। 

प्रहरीले धादिङ भुमेस्थानका शम्भु रिजाल, भारतीय नागरीक अकलेशकुमार भगत, सन्तोष पासवान र मधु गिरीलाई पक्राउ गरेको हो। रिजालले भारतीय नागरिक भगतलाई लागूऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले भारतीय नागरिकहरुलाई ४ वटा झोलामा रहेको उक्त चरेश र नगद ९ हजार २ सय भारतीय रुपैयाँ सहित र कारोवारी रिजाललाई भाग्दै गरेको अवस्थामा भारतीय १ लाख ५२ हजार रुपैया सहित पक्राउ गरेको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.