|

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग सम्बन्धित रहेको भनिएको खबर सार्वजनिक गर्न दिएको भन्दै अमेरिकी गुप्तचर निकायको चर्को आलोचना गरेका छन्। रुससँग आफूविरुद्ध आपत्तिजनक जानकारी रहेको भन्ने विवादास्पद दस्तावेज सार्वजनिक हुनुमा अमेरिकी गुप्तचर निकाय जिम्मेवार रहेको आरोप उनले लगाएका हुन्। 

राष्ट्रपति निर्वाचित भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा ट्रम्पले सार्वजनिक भएको दस्तावेज आधारहीन र झुटो भएको दाबी गरे। सार्वजनिक दस्तावेजमा रुसी अधिकारी र ट्रम्प यौनकर्मी महिलासँग देखिएको भिडियो र ट्रम्पको कारोबारमा हानि पुग्ने किसिमको महत्वपूर्ण जानकारी रहेको बताइएको छ। 

आगामी योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ट्रम्प अधिकांश समय दस्तावेजका बारेमा केन्द्रित भएका थिए। २५ पृष्ठ लामो दस्तावेजका आधारमा गुप्तचर निकायले गत हप्ता दुई पृष्ठको प्रतिवेदन राष्ट्रपति बाराक ओबामा र ट्रम्पलाई बुझाएपछि यो विषय गम्भीर रूपमा बाहिर आएको बीबीसीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.