|

उदयपुर : उदयपुरमा कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-७ चुहाडे कालिखोलास्थित डिल्लीशेर राईको कुखुराको खोरमा तास खेलिरहेको भन्ने जानकारी पाएपछि छापा मारी पक्राउ गरेको हो।

दुई बुक तास, नगद ९ हजार पाँचसय ८५ रुपैँयासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए।

पक्राउ पर्नेहरूमा त्रियुगा नगरपाकिला ७ चुहाडे कालिखोलाका ३४ वर्षे पेसल राउत,  ४५ वर्षे जुहाडे राउत, ३९ वर्षे  डिकबहादुर कार्की, ४५ वर्षे गजेन्द्र राई, ४७ वर्षे डिल्लीशेर राई, २५ वर्षे दिनेश बुढाथोकी र २३ वर्षे सरोज थापा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.