थाइल्यान्ड जान खोज्दा फर्काइएको थियो

|

काठमाडौं : माओवादीका पूर्वबाल लडाकु लेनिन बिष्टलाई विदेश जान नरोक्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

पूर्व बालसेना समूहका अध्यक्षसमेत रहेका लेनिनलाई २०७५ भदौ ८ गते थाइल्यान्ड जान लागेका बेला अध्यागमन विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइदिएको थियो ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले लेनिनलाई त्यसरी विमानस्थलबाट फर्काइनु गैरकानुनी भएकोसमेत ठहर गरेको छ।

अदालतका संचार विज्ञ किशोर पौडेलका अनुसार आदेशमा लेनिनलाई आवश्यक कागजात पुगेको अवस्थामा विदेश जानबाट रोक नलगाउन भनिएको हो।

अदालतले विदेश भ्रमणमा जाँदा लेनिनले सरकारसँग पूर्वस्वीकृति लिनु नपर्ने फैसला गरेको हो। एक अन्तराष्ट्रिय कार्यक्रममा भाग लिन जाने क्रममा आफूलाई विमानस्थलबाटै फर्काइएपछि लेनिनले २०७५ भदौ १४ गते उत्प्रेषणको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.