|

  • अनिल खत्री-

गुल्मी : जिल्लामा एक अधवैशे महिला र युवकको शव बेबारिसे बनेको छ। जिल्लाको रुरु गाविस ५ मा  अन्दाजी ४५ बर्षकी एक महिलाको शव भेटिएको र अर्खलेमा घाइते अवस्थामा भेटिएका २० वर्षका युवकको मृत्युपछि शव बेबारिसे बनेको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यलय रिडीका प्रमुख प्रहरी निरिक्षक केशवराज भट्टराईले अन्दाजी ४५ बर्षिय महिलाको शव कालीगण्डकी नदीको पानीमा तैरिएको अवस्थामा प्रहरीले फेला परेको बताए। उक्त शव अहिले जिल्ला अस्पताल तम्घासमा राखिएको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार बुधबार दिउँसो तम्घास सिमलटारी सडक खण्डको अर्खलेमा घाइते अवस्थामा भेटिएका अन्दाजी २० बर्षिय एक युवाको पनि उपचारका क्रममा मृत्यु भएको छ। उनको जिल्ला अस्पताल तम्घासमा उपचार सम्भव नभएर प्रहरीको गाडीमा पाल्पा पठाइएका उनको बिहीवार मृत्यु भएको प्रहरीले जनाएको छ।

गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले शव पहिचानका लागि सबैतिर खबर गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.