|

स्पेनिस लालिगामा बार्सिलोनाले लेभान्टेसँग लज्जास्पद हार ब्यहोरेको छ। पहिलो हाफमा अग्रता बनाएपनि दोस्रो हाफमा ७ मिनेटभित्र ३ गोल खान पुगेपछि बार्सिलोना जारी लिगमा यो तेस्रो हार हो

लियोनल मेसीले पेनल्टी गोलमार्फत ३८ औं मिनेटमा गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा बार्सिलोना ७ मिनेटभित्र लगातार ३ गोल खानपुगेपछि ३–१ ले पराजित भयो।

यद्यपी लेभान्टेले ६१, ६३ र ६८ औं मिनेटमा गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो। उसका लागि जोसे काम्पाना, बोर्खा मायोरल र नेमानिया राडोयाले गरेका थिए। हारपछि बार्सिलोना २२ अंकसहित लिगको शीर्ष स्थान रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.