|

सिन्धुपाल्चोक :  चौतारा साँचागाचोकगढी नगरपालिका ९ मा आइतबार भएको यात्रुबहाक बस दुर्घटनामा १७ जनाको ज्यान गयो। ज्यान जाने १७ मध्ये १४ जना दोलखा जिल्लाका परे। बस दुर्घटनाले दोलखा जिल्ला शोकमा डुबेको छ। 

दोलखाको शैलुङ्गेश्वरी गाउँपालिकाको १३ जनाको मृत्यु भयो। गाउँपालिकाले शोक मनाउँनको लागि सोमबार सार्वजनीक बिदा समेत दिइएको छ।  शैलुङ्गेश्वरी गाउँपालिकाकको एकै गाउँका ९ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए। सो दुर्घटनाले गाउँपालिका मात्रै नभए सिंगो जिल्ला नै शोकमा परेको बताए। उनका अनुसार अझै दुईजना हराइरहेको सुचना आएको जनाए। 

सो गाउँपालिकाको दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा वडा नम्बर ५ की  रत्नकुमारी राउत, किरण राउत, कविता राउत, रिकेश खड्का, सानु राउत आले रहेका छन्। यस्तै, वडा ४ का दियुन लामा, ४ का शिशन तामाङ, चमेली श्रेष्ठ, निर्मला खड्का र निकेश खड्का, २ की उरमाया मोक्तान रहेका छन्।

दोलखाकै शैलुङ गाउँपालिकाका ५ की चेतकुमारी बस्नेत, ४ का सलिना तामाङ, भिमसेन नगरपालिका ९ की रन्जिता केसीको मृत्यु भएको छ। यस्तै दुर्घटनामा मृत्यु अरु सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ३ की सायरानी श्रेष्ठ, काभ्रेको रोशी गाउँपालिका ४ की सजिना तामाङ र चितवन पटीहानी गाविस (साविक ८) की पुजा बस्नेत रहेका छन्। 

मृत्यु हुने १७ जनामध्ये ९ जना महिला, ४ जना बालक, ३ जना बालिका र एक जना पुरुष रहेको छन। शव आज आफन्तको जिम्मा लगाउँने तयारी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए।

दुर्घटनामा ५० भन्दा धेरै घाइते भएका थिए। अहिले काभ्रेको धुलिखेल र अन्यन्त्र गरि ३७ जनाको उपचार भैरहेको प्रहरीको भनाइ छ। अन्य घाईते उपचारपछि घर फर्किसकेका छन्। आइतबार दिउँसो दोलखाबाट काठमाडौँ आउँदै गरेको बा २ ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे स्थित सुनकोशी नदीमा खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.