|

काठमाडौं : बलात्कार प्रयास अभियोगमा जेल चलान भएपछि निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद स्वतः निलम्वित भएको छ।

गत असोज १२ गते संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार अभियोग लागेपछि सत्तारुढ नेकपाले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय लिएको थियो। 

तर महराले सभामुख पदबाट राजीनामा दिए पनि सांसद पद छाड्न अस्वीकार गरेका थिए। दाङबाट निर्वाचित महरालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

यो आदेशसँगै महरालाई सोमबारै चारखालस्थित डिल्ली बजार सदर खोरमा पठाइने भएको छ। यसअघि भ्रष्टाचार अभियोगमा दाङ नै घर भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई पनि डिल्ली बजार कारागारमै थुनिएको थियो।

नेपालको प्रचलित कानुन अनुसार करणीसहितका फौजदारी अभियोगमा पक्राउ परेका सांसदको पद आरोप प्रमाणित नभएको अवस्थासम्मका लागि स्वतः निलम्बन भएको मानिन्छ। सांसद पद रहे पनि त्यसबापतको सेवा सुविधा दिइँदैन। आरोप प्रमाणित भएमा अर्थात् दोषी ठहर भएमा सांसद पद स्वत: जान्छ, महरा सांसद रहिरहँदैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.