|

झापा : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–१६ मा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ। गएराति उर्लाबारीबाट दमक जाँदै गरेको को १० प ४६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी- ४ का २१ वर्षीय गौरव श्रेष्ठको मृत्यु भएको हो।

स्थानीय लाइफ लाइन अस्पतालमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार २२ वर्षीय आकाश कार्कीको उपचार भइरहेको छ। तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख असई दिनेश अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.