|

रुकुम : घुम्ती पसलमा आगो लगाएर फरार रहेको अभियोगमा दुई जना पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ भलाक्चा कुकुरीबाङका ३१ वर्षीय तिलक ओली र सोही ठेगानाका ४८ वर्षीय कुलप्रसाद भन्ने बिरबल ओली रहेका छन्। कार्तिक ८ गते स्थानीय चुडामणि ओलीको घुम्ती पसलमा आगो लगाएर फरार रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

आगलागीबाट पसलमा रहेको, चिनी, दाल, चामल लगायतका सामग्री जलेर नष्ट भएका थिए। पीडितको निबेदनको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एकजनालाई स्थानीय सोलाबाङ बजारबाट पक्राउ गरेकाे थियो। त्यसैगरी अर्कालाई दाङ तुल्सिपुरबाट पक्राउ गरेको थियो। 

दुबैजना उपर आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी (आगो लगाएको) कसुर मुद्दामा थुनामा राखी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.