|

धनगढी : उपमहानगरपालिका-६ का सञ्जय राना र उनका सहयोगी रुद्रप्रसाद अधिकारी पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कैलाली जिल्ला अदालतको आदेशमा दुवैजनालाई कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जनाए। उनीहरूलाई गत भदौमा कैलाली प्रहरीले चार थान पेस्तोल, किर्ते काजगात र विभिन्न कार्यालयको नक्कली छापसहित पक्राउ गरेको थियो।

सोही घटनामा संलग्न कमलबहादुर बिक र कमला दिवाकोटी भने साढे तीन/तीन लाख धरौटीमा रिहा भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.